विश्वव्यापीकरणको प्रभाव र अत्याधुनिक प्राविधिक विकासले संसारको पूर्वी कुनादेखि पश्चिमको कुनै कन्दरालाई केवल एक सेकेन्डले जोडिदिएको छ। तीव्रतर आर्थिक विकास र प्रविधिमा आएको विशाल परिवर्तनले विश्वलाई एउटा घरजस्तै बनाइदिएको छ। संसारकै अग्लो चुचुरोदेखि समुद्रको सतहसम्मका हरेक व्यक्तिलाई पछिल्लो विश्वको लोभलाग्दो विकासले जोडिदिएको छ। नेपाल र नेपाली पनि विश्वभरिबाट आएको विकासको लहरमा एकाकार हुँदै छरिँदै छौँ। विकास र समृद्धिका अनेक आयामलाई बुझ्दै र प्रयोग गर्दै जाँदा विश्वका धेरैजसो देशमा नेपालीहरुको उपस्थिति भइसकेको छ। तर बाजले धेरै टाढाको उडान लगाए पनि अन्ततः साँझमा बास बस्न आफ्नै घरमा फर्किएजस्तै हामी जोसुकै जहाँ पुगे पनि मातृभूमि नेपाल फर्किन्छौं, फर्किनै पर्छ। गैरआवासीय नेपाली संघ एनआरएनएमा आबद्ध हजारौं साथीहरुका साथ हामी आगामी अक्टोबर १५ देखि १७…
-
-
नेपालीको पसिना सदुपयोग गर्न कुल आचार्यले ल्याए ‘पसिना फन्ड’
काठमाडौँ — खाडी राष्ट्रहरु, मलेसिया, कोरिया लगायतका मुलुकमा काम गरिरहेका नेपालीहरुले गरेको ससानो बचत पनि नेपालको नवनिर्माणमा प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले एउटा कोष खडा गर्न प्रस्ताव गरेका छन् । “पसिना फन्ड” नामक सो कोषमा जम्मा भएको रकम नेपालको हितका साथै लगानीकर्तालाई पनि मुनाफा हुने गरी आकर्षक योजनामा लगानी गर्ने उनको योजना छ । “कोषको संचालन पारदर्शी र प्रभावकारी ढंगले गरिने छ । यसका लागि छुट्टै विनियमावली बनाएर, नेपाल सरकारसंग समन्वय गरेर मैले काम गर्ने छु,” एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रत्यासी आचार्यले भने। स्वदेशमा रोजगारीको अभावका कारणले वैदेशिक रोजगारीका लागि नेपालका लाखौं युवाहरु विदेशमा कार्यरत रहेको र उनीहरुले रगत, पसिना बगाएर पठाएको विप्रेषणले…
-
एनआरएनएलाई सबैको साझा बनाउँछु
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। यो सम्मेलने आगामी दुई बर्षका लागि एनआरएनएमा नयाँ नेतृत्व चुन्ने छ। नेतृत्वका लागि उम्मेदवारी घोषणासँगै चुनावी सरगर्मी बढेको छ। संघको आगामी कार्यकाल २०१९–२०२१ का लागि संघका वर्तमान उपाध्यक्ष कुल आचार्यले आफ्ना १० बुँदे कार्ययोजनासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्ष, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष रहेका आचार्यले गैर आवासीय नेपालीलाई नागरिकता, खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुको जीवनरक्षा, सम्मानजनक रोजगारी र गैर आवासीय नेपालीमा रहेको सीप र पूंजी नेपालको विकासमा लगाउनुपर्ने लगायतका मुद्दाहरुलाई प्राथमिकताका साथ अघि सारेका छन् । पर्वतमा जन्मिएका आचार्य हाल…
-
एनआरएनए अध्यक्षमा मेरो उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणासभामार्फत् आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए। विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिएपछि आचार्यले संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन्। ‘आदरणीय अग्रजहरु, संसारभर रहनु भएका एनआरएनकर्मी मित्र तथा शुभचिन्तकसँग सरसल्लाह गरि एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने…
-
एनआरएनको नेतृत्व बेलायतलाई दिनुपर्छ
पुख्र्यौली थातथलो पश्चिम नेपालको पर्वतबाट दुई दशकअघि बेलायत पुगेका कुल आचार्य गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष हुन् । गैरआवासीय नेपाली आन्दोलनको सुरुवातदेखि नै सक्रिय भएका आचार्यले एनआरएनए (राष्ट्रिय समन्वय परिषद्) बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष, त्यसपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै उपाध्यक्षको भूमिकामा पुगेका हुन् आचार्य । उनले आगामी कार्यकालका लागि संस्थाको नेतृत्व लिन आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । काठमाडौंमा असोजको २८ देखि ३० गतेसम्म गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । आगामी कार्यकालमा अध्यक्ष पदका दाबेदार रहेका आचार्यसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानी : गैरआवासीय नेपाली संघको नेतृत्वका लागि दाबी प्रस्तुत गर्दै गर्दा आफ्नो योगदानलाई कसरी समीक्षा गर्नुहुन्छ ?बाह्र वर्षअघि गैरआवासीय…
-
सामाजिक सेवाका पर्याय कुल आचार्य
केही सफलता लिगेसीमा सँगै आउँछन् । केही सफलताका लागि ठूलै सङ्घर्ष गर्नुपर्छ । बनिबनाउ जगमा इँटा थपेर अग्लो भएको पिलरको सफलताको खुसी अर्कै होला । तर आफैं जग हालेर अथवा भनौं आफैं इँटा थपेर उठाएको सफलतारुपी पिलरको खुसी त्योभन्दा दोब्बर हुन्छ । अझ बढी पो हुन्छ कि ? त्यस्तै आफैं जग हालेर, सफलताको उचाइतर्फ इँटा थप्दै गएका व्यवसायी हुन्, कुल आचार्य । आचार्यको सफलतामा लिगेसी छैन । बरु सङ्घर्षले उनलाई छाडेको छैन । पर्वतको विकट गाउँ धाइरिङमा जन्मिएका आचार्य अहिले संसारका नेपालीमाझ चिनिएका छन् । आचार्यले दुई दशकदेखि बेलायतलाई आफ्नो दोस्रो घर बनाएका छन् । बेलायतदेखि नै आफ्नो सम्बन्धको नेटवर्कलाई नेपालीमाझ विश्वव्यापी बनाएका उनी त्यहाँको चर्चित रेस्टुराँ ‘होली काऊ’का सञ्चालक हुुन्…
-
Exclusive Interview – NRNA ICC Vice President
-
एनआरएनएमा अध्यक्षको स्वाभाविक उम्मेदवार हुँ: कुल आचार्य (अन्तर्वार्ता)
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्य वेलायत आधारित व्यवसायी हुन्। नेपालमा उनको होटल, रियल स्टेट, हाइड्रो, बैंक, फाइनान्स, लघुबित्त, बीमा तथा सिमेन्ट उद्योगमा लगानी छ। एनआरएनए ओमनको राष्ट्रिय अधिवेशनमा सहभागी भई शुक्रबार राति बर्मा उड्नुअघि उनी काठमाडौं ट्रान्जिटमा थिए। एनआरएनएमा डेढ दशकदेखि सक्रिय उनीसँग गैरआवासीय नेपालीको लगानी र एनआरएनएको आगामी निर्वाचनमा केन्द्रित भएर नेपालखबरले गरेको सम्वादः तपाइँसहितको गैरआवासीय नेपाली संघको टोलीले राज्य व्यवस्था समिति र कानुनमन्त्रीलाई भर्खरै भेट्यो नि। खास के प्रसंगमा हो?राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन छ। त्यसमा गैरआवासीय नेपालीलाई सर्वसुलभ तरिकाले नागरिकता पाउने व्यवस्था गर्नुपर्छ भनेर हामी सम्बन्धित निकायमा छलफलका लागि गएका हौं। सर्वसुलभ भन्नुभयो। यसको अलिकति व्याख्या गरिदिनु न कसरी पाउनुपर्छ भन्न खोज्नुभएको हो?राजनीतिक अधिकार बाहेकको नागरिकता दिइनेछ…