गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्य वेलायत आधारित व्यवसायी हुन्। नेपालमा उनको होटल, रियल स्टेट, हाइड्रो, बैंक, फाइनान्स, लघुबित्त, बीमा तथा सिमेन्ट उद्योगमा लगानी छ। एनआरएनए ओमनको राष्ट्रिय अधिवेशनमा सहभागी भई शुक्रबार राति बर्मा उड्नुअघि उनी काठमाडौं ट्रान्जिटमा थिए। एनआरएनएमा डेढ दशकदेखि सक्रिय उनीसँग गैरआवासीय नेपालीको लगानी र एनआरएनएको आगामी निर्वाचनमा केन्द्रित भएर नेपालखबरले गरेको सम्वादः तपाइँसहितको गैरआवासीय नेपाली संघको टोलीले राज्य व्यवस्था समिति र कानुनमन्त्रीलाई भर्खरै भेट्यो नि। खास के प्रसंगमा हो?राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन छ। त्यसमा गैरआवासीय नेपालीलाई सर्वसुलभ तरिकाले नागरिकता पाउने व्यवस्था गर्नुपर्छ भनेर हामी सम्बन्धित निकायमा छलफलका लागि गएका हौं। सर्वसुलभ भन्नुभयो। यसको अलिकति व्याख्या गरिदिनु न कसरी पाउनुपर्छ भन्न खोज्नुभएको हो?राजनीतिक अधिकार बाहेकको नागरिकता दिइनेछ…