काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको शुभारम्भ गरेको छ ।बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गरे । उनले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते नागरिकताको प्रमाणपत्र पाएका थिए ।पर्वतका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीले आचार्यलाई नागरिकता प्रदान गर्दै अभियानको सुरुआत गरे । यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिएका छन् । केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ। गत भदौ २९…
-
-
Interview with Tikaram Yatri in London (October 2023)
-
संसदबाट दुइ पटक नागरिकता विधेयक पारित हुनु प्रमुख उपलब्धि: अध्यक्ष आचार्य
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाल नागरिकता विधेयक २०७९ संसदको दुबै सदनबाट दुइ, दुइ पटक पारित हुनु एक प्रमुख उपलब्धि भएको बताएका छन्। विजया दशमी २०७९ को अवसरमा संघद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त विधेयक प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको बताए। ‘संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि हामी नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबै समक्ष हार्दिक आग्रह गर्दछौं,’ उनले भने। वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सहकार्य गर्न गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए। ‘विदेशमा बसोबास गरिरहेका…
-
एनआरएनए अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई उक्त पदक प्रदान गरेकी हुन्। संसारका ८० भन्दा बढी मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको अन्तर्राष्ट्रिय संजाल हो। गत मार्च २०२२ मा एनआरएनए आइसीसीको अध्यक्षमा निर्वाचित भएका आचार्य हाल नेपालको संविधान २०७२ मा उल्लेख गरिएको गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने मिशनमा खटीरहेका छन् । सानै देखि सामाजिक काममा रुचि राख्ने आचार्यले आफु जन्मेको पर्वत, धाइरिङ्ग, मा आफ्नै स्वर्गीय पिताको नाममा एउटा विद्यालय स्थापना गरेका छन्। यस बाहेक बेलायत र नेपालमा थुप्रै संघसंस्था, बाल गृह तथा वृद्धाश्रमहरुलाइ उनले सहयोग प्रदान गर्दै आएका छन्। एनआरएनए युकेको…
-
लर्ड बिलिमोरियालाई नेपाल भ्रमण गर्न कुल आचार्यले गरे निम्तो
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यले बेलायतका एक प्रमुख उद्योगपति, लर्ड करण बिलिमोरिया, लाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्। कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज (सीबीआइ) का उपाध्यक्ष पनि रहेका लर्ड बिलिमोरियासंगको भेटमा आचार्यले उनी र सीबीआइका अन्य पदाधिकारीहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका हुन्। भेटमा बेलायतमा लोकप्रिय कोब्रा बियरका संस्थापक तथा अध्यक्ष लर्ड बिलिमोरियाले ब्रिटिश व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका थिए । उनले आउँदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए। उक्त भेटमा अध्यक्ष आचार्यले नेपाल सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न नीतिहरु ल्याएको र अब आउने नयाँ सरकारले तिनलाई निरन्तरता दिने आफुहरुले अपेक्षा गरेको बताएका थिए। नेपालमा जल विद्युत, बैंकिंग, पूर्वाधार, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा लगानीको प्रशस्त…
-
एनआरएनलाई डलर खाताः नेपालको समृद्धिमा महत्वपूर्ण योगदान
२०४६ सालमा नेपालमा प्रजातन्त्र पुनर्बहाली भएपछि विश्वमाझ नेपालीहरुको उपस्थिति, पहुँच र प्रभाव बढ्दै गयो । पासपोर्टसमेत नपाउने नेपालीहरुले जब पासपोर्ट पाउन थाले अवसरले पनि पछ्याउन थाल्यो । मेची महाकाली, हिमाल र तराईको चौघेरामा खुम्चिएका नेपालीहरुले विश्व भ्रमण गर्न थाले । संसारका कुनै पनि देश नेपालीका लागि टाढा रहेनन् । अध्ययन, रोजगारी तथा अन्य अवसरको खोजी गर्दै नेपालीहरु नजिकका मुलुकमार्फत मात्रै होइन, सात समुद्रपारसम्म पुग्न सक्ने भए । ‘सपनाको देश’ मा नेपालीहरु विपनामा नै पुग्न सक्षम भए । आफ्नो दक्षता र क्षमता देखाउने फराकिलो ठाउँ पनि नेपालीहरुलाई मिल्यो । राजा महामहाराजा र सीमित उच्च नेतृत्वले मात्रै गर्दै आएको विदेश भ्रमण आम नेपालीहरुका लागि सहज भयो । नेपालीहरुले औपचारिक रुपमा विकसित देशमा…
-
एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यको प्रतिबद्धता
नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकता – कम्तीमा पाँच लाख सदस्य, एक सय एनसीसी काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्याउने घोषणा गरेका छन् । असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतामा प्रवासमा लाखौं नेपालीहरु रहेको भएपनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ । उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र एनसीसीहरुको संख्या पनि एक…
-
गैरआवासीय नेपाली संघ : मातृभूमि र कर्मभूमि जोड्ने सुन्दर सेतु
विश्वभरि छरिएका करिब ७० लाख गैरआवासीय नेपाली जहाँ रहेपनि आफ्नो देश मातृभूमिकै चिन्तनमा हुन्छन् । हामी छातीभरि विशाल देश र शिरमा सगरमाथा बोकेर विश्वभरि पाइला सारिरहेका छौं । यसर्थ मैले भन्ने गरेको छु, अब देशको सीमा भौतिक रुपमा मेची महाकालीमा मात्र सिमित रहेन, हाम्रो देश यी तमाम गैरआवासीय नेपालीले विश्वभर फैलाएर हिँडेका छन्। भनिन्छ टाढाबाट हरेक चिजको पूरा दृश्य देखिन्छ। गैर आवासीय नेपाली संघको अभियानमा प्रवासी नेपालीको सेवा गर्ने क्रममा विश्वका विभिन्न देशहरुमा जाँदा मैले राष्ट्र, राष्ट्रियता, भाषा र संस्कृतिप्रति प्रवासीको अगाध स्नेह र माया देखेको छु। मातृभूमिबाट विविध कारण या परिस्थितिले प्रवासी जीवन विताउन बाध्य भएकाहरूको मातृभूमिप्रतिको अगाध स्नेह देख्दा नेपालमै बस्ने नेपालीले भन्दा प्रवासमा बस्ने नेपालीहरूले धेरै…
-
घोषणापत्र
मेरो संक्षिप्त प्रतिबद्धतापत्र
-
एनआरएनएका केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यको वक्तव्य
एनआरएनएका प्रतिनिधि साथीहरु, संसारभरि रहनु भएका एनआरएनएसंग आवद्ध मित्रहरु, सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु, नमस्कार! गैर आवासीय नेपाली संघको काठमाडौँमा सम्पन्न नवौं विश्व सम्मेलनमा मलाई साथ, सहयोग र समर्थन दिनु हुने सम्पूर्ण आदरणीय मतदाता, प्रतिनिधि, अग्रजहरु, शुभेच्छुक संघसंस्था लगायत मिडियाका मित्रहरुप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईंहरु सबैको स्नेह पाउंदा म अत्यन्त खुसी छु र आफुलाइ भाग्यमानी ठानेको छु। मैले १५ वर्षको उमेरमा श्रद्धेय पिताजीलाई गुमाएँ। मेरा मातापिताको सामाजिक भावनाबाट प्रेरित भएर सामाजिक कामको शुरुवात गरें। एनआरएनए सांच्चै दुख परेका तथा देश बाहिर बसोबास गरिरहेका नेपालीलाई सेवा गर्ने संस्था हो भनेर अरु कतै नलागीकन काम शुरु गरें। गएको १२ वर्ष देखि निरन्तर संघमा काम गर्दैगर्दा संसारभरि रहनु भएका…