• एनआरएनएका सल्लाहकार आचार्यले गरे अध्यक्षमा उम्मेदवारी दिने घोषणा

    समाचार/अन्तर्वार्ता

    लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए । सङ्घको  दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ । “नेपालको संविधान जारी भएको छ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको…

  • ‘एक एनआरएन एक रोजगार’ अभियान

    समाचार/अन्तर्वार्ता

    भारत बाहेकका मुलुकहरुमा झन्डै ६० देखि ७० लाख नेपालीहरु बसोबास गरिरहेको ठानिन्छ । उनीहरुमध्ये रोजगारी गुमाएका, गर्भवती, बिरामी नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने जिम्मेवारी राज्यको हो । सर्बोच्च अदालतको आदेश बमोजिम बेखर्ची भएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन अनुरोध गर्दै मैले प्रधानमंत्री केपी शर्मा ओलीलाई एक पत्र पनि लेखेको थिएँ।  साथसाथै नेपाल फर्कदै गरेका प्रवासी नेपालीहरुलाई कसरी समुदायमा पुनर्स्थापन गर्ने, कसरी उनीहरुको आजीविकाको व्यवस्था गर्ने भन्ने अरु ठूलो चुनौती छ।  यसबारे केहि चर्चा गर्न चाहन्छु।  के हो ‘एक एनआरएन एक रोजगार अभियान’ नेपाल सरकारका अनुसार झन्डै ४० लाख नेपाली खाडी मुलुकहरु, मलेसिया तथा कोरियामा काम गर्छन।  यसबाहेक भारतमा झन्डै १५ लाख नेपालीहरु काम गर्ने अनुमान गरिएको छ।  ती मध्ये कोरोन संक्रमणका…